मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले आज चार लाख ९० हजार रुपैयाँ मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ ।
मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुई वटा मोटरसाइकलमा वेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएकोे २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरी आवश्यक अनुसन्धान शुरु गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया