कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई एस्ट्राजेनेकाको खोप व्यवस्था गरिने

लोकपथ
77
Shares

काठमाडौं । सरकारले कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि व्यवस्था गरिने बताएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा चैत १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको तर भारतको सिरम इस्टिच्युटले खोप दिन नसक्ने बताएकाले तोकिएको समयमा कोभिसिल्डको दोस्रो मात्रा दिन नसकिएको जनाएको छ ।

अब उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाएको भन्दै मन्त्रालयले धैर्यताका साथ प्रतिक्षारत रहन मन्त्रालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?