काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७ सय १ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्ले २४ घण्टामा थप ६ हजार ६ सय ३६ जना कोरोना संकम्रण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया