उपप्रधानमन्त्री महतोको अभिव्यक्तिविरुद्ध आठ विद्यार्थी संगठनद्वारा भर्त्सना

लोकपथ
98
Shares

काठमाडौं । विभिन्न आठ विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविपरित तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी अभिव्यक्ति दिएको भन्दै कडा भर्त्सना गरेका छन् ।

विद्यार्थी संगठनहरुले आइतवार संयुक्त वक्तव्य जारी गर्दै महतोको अभिव्यक्तिले व्यक्तिगत धारणा मात्रै नजनाउने भन्दै ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृतिको उजागर गरेको जिकिर गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणसमेत मागेका छन् । ‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तीले उनको व्यक्तिगत धारणा मात्रै जनाउदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी, विदेशमुखी प्रवृतिको उजार गर्दछ ।

प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टिकरणको माग गर्दछौ’, आठ विद्यार्थी संगठनले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?