रुपन्देही । रुपन्देहीमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या भएको छ ।
जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।
तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी दिए ।
मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया