काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादको प्रमाण पेश गर्न निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ ।
जसपाको एक अर्को पक्षले कारवाहीको लागि आयोगमा पत्र पठाएसँगै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमका कागजात बुझाउन निर्देशन दिएको थियो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारवाही गर्न पत्र पठाएका थिए । तर आयोगले दुवै पक्षसँग दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिमका कागजपत्र उपलब्ध गराउन भनेको थियो ।
त्यस्तै ठाकुर पक्षसँग भने आयोगले केन्द्रीय समितिको बैठकको निर्णयसहितको कागजपत्र बुझाउनको लागि आग्रह गरेको थियो । त्यसमा उपेन्द्र पक्षले निर्वाचन आयोगले भने सम्पूर्ण कागजात बुझाइसकेको छ । भने महन्थ पक्षले भने पत्र बुझाउन बाँकी रहेको छ ।
सरकारमा जाने वा नजाने भन्ने विवादकाबीच जसपाको दुवै पक्षले एक अर्कालाई कारवाहीको माग गर्दै आयोग पुगेका थिए । महन्थ पक्ष सरकारमा समेत सामेल भइसकेको छ भने यादव पक्ष भने संसद विघटनविरुद्धको रिट लिएर विपक्षी गठबन्धनसँग सर्वोच्च पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया