काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय स्वाधिनता रक्षाका लागि एकजुट हुन आग्रह गरेका छन् ।
वर्तमान सरकारले राष्ट्रिय अखण्डता माथि बारम्बार हमला गरेको र सरकारका उपप्रधानमन्त्रीको अभिव्यक्तिपछि नेता शर्माले त्यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्व मन्त्री समेत रहेका नेता शर्माले राष्ट्रिय अखण्डतामाथि निरन्तर हमला गर्ने तत्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथि प्रहार , संसद विघटन लगायतका घटनाहरु मन्त्रिमण्डल पुनर्गठनले पुष्टि गरेको बताए ।
उनले भने- ‘राष्ट्रिय अखण्डता माथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुष्टि भएको छ । राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं ।’
शुक्रवार सरकारको उपप्रधानसहित सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका राजेन्द्र महतोले देशलाई बहुल राज्य बनाउन आफू लागि पर्ने बताएका थिए । त्यसको चौतर्फी विरोधपछि महतोले त्यसलाई स्पष्ट पारेका छन् ।
राष्ट्रिय अखण्डता माथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुुुष्टि भएको छ । राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं ।।
— Janardan Sharma (@JSPrabhakar) June 6, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया