तस्करी हुन लागेको काठ प्रहरीद्वारा बरामद

RSS
126
Shares

सर्लाही । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको वन कार्यालय, माईस्थानका प्रमुख भीमविक्रम खड्काले जानकारी दिए ।

उपभोक्तहरु नरेश महत्तो, मित्रदेवी हजाम, वरुणकुमार चौधरी, विराट चौधरी र प्रमोद चौधरीलाई समितिले आ–आफ्नो घर लैजान छुटपूर्जी दिएर काठ लोड गरी पठाइएकामा उनीहरुले १ त ८८७४ नम्बरको ट्याक्टरमा लोड गरी महोत्तरीतर्फ लाँदै गर्दा आफूहरुको गस्ती टोलीले चालक र एक सय ६७ दशमलव ९० क्युविक फिट सालको गोलिया बरामद गरेको प्रमुख खड्काले बताए ।

समितिका अध्यक्ष सुरेन्द्र महतोसहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्तालाई बोलाएर अनुसन्धान शुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?