काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोको भनाइप्रति आपत्ति जनाएका छन् ।
नेता विष्टले मन्त्री महतोले नेपालाई बहुल राष्ट्र बनाउनु पर्ने भन्दै दिएको अभिव्यक्ति अराजक र संविधान विरोधी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता विष्टले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गर्ने भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै नेता विष्टले भने- ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका महतोले पदभार ग्रहणपश्चात उक्त अभिव्यक्ति दिएका थिए । भने आज पनि पार्टी कार्यालय बालकुमारीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका थिए ।
उनको भनाइको विपक्षी लगायत एमालेकै कतिपय नेताहरुले विरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया