काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाको महथ पक्ष सरकारमा सामेल भएसँगै संविधानवाद स्थापित भएको दाबी गरेका छन् ।
शुक्रवार जनता समाजवादी पार्टी (जसपा) को महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सामेल भएसँगै आज सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेले त्यस्तो दाबी गरेका हु्न् ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले अब बसै पक्षलाई चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न आग्रह समेत गरेका छन् ।
फेसबुकमा लेख्दै उनले भनेका छन्- ‘जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको छ । अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौ।’
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका १० मन्त्री (२ राज्यमन्त्रीसहित) को जिम्मेवारी दिँदै सरकारमा सामेल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया