मन्त्रिपरिषद् पुर्नगठन बारे कांग्रेस प्रवक्ताको टिप्पणी – ‘दुइचार दिनको घामछाँया’

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ मन्त्रिपरिषद् पुर्नगठनलाई दुईचार दिनको घामछाँया भएको टिप्पणाी गरेका छन् ।

प्रवक्ता शर्माले समस्या प्रधानमन्त्री केपी शर्मा ओलीमै भएको भन्दै मन्त्री पाल्नु र फाल्नु दुवै समस्याको समाधान नभएको बताए । उनले नयाँ मन्त्रिपरिषद् पुर्नगठन सर्वोच्च अदालतको फैसलासम्मलाई दुइचार दिनको घाम छायाँको संज्ञा दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ l न मन्त्री फाल्नु समाधान हो न पाल्नु l `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?