कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशसँगै वीरको नयाँ भवन सञ्चालनमा

लोकपथ
49
Shares

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ ।

अध्यादेशमा भए अनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ ।

साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ । युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफैले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । डा. गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ । डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकको रुपमा रहेकी डा. शान्ता सापकोटा बिदा बसेको छिन्।

अस्पतालको प्रमुख को हो भन्ने विषयमा दुइथरी मत देखिएपछि विवाद बढेको छ । यसै सन्दर्भमा कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद के हो भनेर सोधेका छौँ । यसै विषयमा कुराकानी गर्दै वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताए । सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशिल रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताए ।

सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताए । निमित्त निर्देशक रहेकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?