यसकारण ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीबाट हटाइँदै

लोकपथ
1.2k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट हटाउने भएका छन् ।

पार्टीको जिम्मेवारी प्रभावकारी बनाउनका लागि भन्दै प्रधानमन्त्री ओलीले पोखरेललाई निरन्तरता नदिने भएका हुन् ।

पोखरेललाई पूर्ण रुपमा पार्टीकै गतिविधिमा केन्द्रीत बनाउने भन्दै उनलाई सरकारको जिम्मेवारीबाट हटाउन लागिएको स्रोतले जनाएको छ । यसअघि रक्षा मन्त्रालयको समेत जिम्मेवारीमा रहेका पोखरेलको कामकारवाही विवादमा परेपछि ओलीले त्यसबाट हटाई उप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिएका थिए ।

त्यसो त हाल रहेका मध्ये ४ जना बाहेक एमाले तर्फका अन्य मन्त्रीहरुको जिम्मेवारी खोसिएको छ । भने खाली रहेका मन्त्रालयहरुमा जसपाका १० जनालाई जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?