काठमाडौं । संविधानविद् डा. भिमार्जन आचार्यले सरकारले जर्मनीमा नेपाली दूतावास रहेको जग्गा बिक्री गर्न लागेकोप्रति आपत्ति जनाएका छन् ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जर्मनीस्थित नेपाली दूतावास रहेको घरजग्गा बिक्री वितरण गर्ने निर्णय गरेको हो ।
त्यसै विषयमा आपत्ति जनाउँदै संविधानविद् आचार्यले राज्यले जमीन बेच्नुपर्ने अवस्था किन सिर्जना भयो भन्दै खर्च नपुगेर वा अरु कारणले भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यले भने- ‘जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय सुनियो । राज्यले आफ्नो जमीन बेच्नु पर्ने अवस्था किन सिर्जना भयो ? खर्च नपुगेर वा अरू कुनै कारणलेर ?’
त्यस्तै हामीले आफ्नो पौरखले सम्पती जोड्न नसकेपनि पुर्खाले जोडिदिएको सम्पती नमास्नका लागि समेत सुझाव दिएका छन् । ‘आफ्नो पौरखले जोड्न नसके पनि हिजो पुर्खाले जोडिदिएको सम्पत्ति यसरी नमासी दिए हुन्थ्यो । यो अलि मन दुख्ने काम भयो सरकार! ‘ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया