हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख भन्दा कम

लोकपथ
147
Shares

काठमाडौं । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख भन्दा कम रहेको छ ।

पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ । केहि दिनयताको कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको कारण सक्रिय संक्रमितको संख्यामा कमि आएको हो । हाल नेपालमा कुल संक्रमितमध्ये ८१ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् । भने हाल देशभरका विभिन्न क्वारेन्टाइनमा ७ सय ५५ जना रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । देशभरका प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । भने पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ७ हजार ७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख भन्दा कम रहेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ । केहि दिनयताको कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको कारण सक्रिय संक्रमितको संख्यामा कमि आएको हो । हाल नेपालमा कुल संक्रमितमध्ये ८१ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् । भने हाल देशभरका विभिन्न क्वारेन्टाइनमा ७ सय ५५ जना रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?