जसपाबाट सरकारमा सामेल मन्त्रीहरुले साँझ ६ बजे सपथ लिने

लोकपथ
308
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी हुनेहरुले आज साँझ ६ बजे सपथ लिने भएका छन् ।

ठाकुर पक्षका नेताहरुको आज बसेको बैठकले नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

जसपाको भागमा उद्योग तथा वाणिज्य, शहरी विकास, खानेपानी, उर्जा तथा जलश्रोत भूमि व्यवस्था युवा तथा खेलकूद, महिला बालबालिका तथा जेष्ठ नागरिक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका छन् ।

जसपाको भागमा परेका मन्त्रालयमा उद्योग तथा वाणिज्य मन्त्रीमा राजेन्द्र महतो, उर्जा तथा जलस्रोमा शरतसिंह भण्डारी, शहरी विकासमा अनिल झा, खानेपानीमा विमल श्रीवास्तव, युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी उमा शंकर अरगरियाले सम्हाल्ने छन्। जसपाले मन्त्री र राज्यमन्त्री गरेर १० जनालाई सरकारमा पठाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?