छुवाछुत हटाउन अग्रगामी शक्तिहरुका बीचमा एकतावद्ध पहलकदमी आवश्यक : प्रचण्ड

लोकपथ
63
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय भेदभाव तथा छुवाछुत हटाउन अग्रगामी शक्तिहरुका बीचमा एकतावद्ध पहलकदमीको आवश्यकता रहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना वक्तव्य दिदैँ अध्यक्ष प्रचण्डले जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता रहेको बताएका हुन् । सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने उनको भनाई छ ।

२१ औँ शताब्दीमा पनि मानिसले मानिसमाथि भेदभाव र छुवाछुत गर्नु मानव समुदायमाथि लज्जाको विषय भएको भन्दै उनले संविधान र कानूनमा भएको व्यवस्थाको कठोरतापूर्वक कार्यान्वयन गर्न सके दलितमाथि हुने हिंसा न्यूनीकरण हुने बताए । ‘जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ ।’

जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्नुपर्ने उनको भनाई छ । त्यस्तै स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्दै जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न उनले सबैमा आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?