जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी छिन् ।

आज जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी हुन् । यस प्रथाको विरुद्ध दृढतापूर्वक क्रियाशील रहन उनले सबैलाई आह्वान गरेकी छिन् ।

‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु ’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत भनेकी छिन् ।

उनले यस दिवसले सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन अभिप्रेरित गर्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको हो । २०६८ सालदेखि यस दिनलाई दिवसका रुपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?