काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको कुल २१ हजार ७ सय ७३ परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
जसमध्ये ५ हजार ८ सय २५ जनाको पीसीआर र १ हजार जनाको एन्टिजेन पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ७५ जनाको मृत्यु भएसँगै मृतक संख्या ७ हजार ६ सय ३० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितमध्ये ८१ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा १ लाख १ हजार ८ सय ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
केहिदिन यता नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेदर बढी रहेको थियो । तर आज भने कोरोना संक्रमितको संख्या धेरै रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया