काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधवार राती मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले बताए ।
कपिलवस्तु घर भएका डा. रजौरियाको हालसालै विवाह भएको थियो । उनीहरुका श्रीमान श्रीमती नै कोभिडसँगै लडिरहेका थिए। श्रीमति डा. हसिना वानु संक्रमणमुक्त भएपनि सिकिस्त डा. रजौरियाको उपचार गर्दागर्दे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया