काठमाडौं । सयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाललाई करिव १२ टन स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ ।
कोभिड-१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि विशेष विमानमार्फत १२ टन स्वास्थ्य उपकरण सहित पठाएको सामाग्री बुधवार अपरान्ह नेपाल आइपुगेको हो ।
यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाएको बताएका छन्। नेपाली दूतावासको विशेष पहलमा यूएई सरकारले उक्त स्वास्थ्य सामग्री नेपाल पठाएको हो।
गत वर्ष अप्रिलमा पनि यूएई सरकारले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो। नेपाली दूतावास यूएईले नेपालीहरूलाई समस्या परेका बेला हार्दिकतापूर्ण सहयोग गरेकोमा यूएई सरकारलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया