बेल्जियमसहित लक्जेमबर्गको गैरआवासीय राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

लोकपथ
98
Shares

काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राज भण्डारी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बेल्जियमको लागि आवासीय र लक्जेमबर्गका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । राष्ट्रपति भण्डारीले राजभण्डारीलाई नेपालको संविधानको धारा २८२ (१) बमोजिम राजदूतमा नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?