काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, आज सिडियोहरुको बैठक बस्दै

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको थियो । आज बस्ने बैठकले निषेधाज्ञा बारे थप निर्णय लिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

घोषित निषेधाज्ञा जेठ २० गते सकिँदैछ । उपत्यकामा वैशाख ३० गतेदेखि निषेधाज्ञा शुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?