आजको मौसम : प्रदेश १ लगायत देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

लोकपथ
84
Shares

काठमाडौं । आज प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भु–भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?