१. कोरोनाका कारण थप ६८ जनाको मृत्यु, ६ हजार ८५ जनामा संक्रमण पुष्टि, ६ हजार ८ सय बढी संक्रमणमुक्त
२. सत्तारुढ नेकपा एमालेद्वारा अन्तिमसम्म पार्टी एकताको प्रयास जारी राख्ने निर्णय, आर्थिक वर्ष २०७८÷७९ को बजेट जनचाहना अनुसार भएको दाबी ।
३. संसद विघटन मुद्दामा सुनुवाइ गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने प्रधानन्यायाधीश जवराको घोषणा,रिट निवेदकले प्रश्न उठाएका न्यायाधीसले इजलास छोड्न मानेनन् ।
४. जनता समाजवादी पार्टीभित्रको बिवाद उत्कर्षमा,एक पक्षबाट अर्को पक्षलाई पार्टीबाट निकाल्ने होडवाजी
५. सरकार र थरुहटबीच ६ बुँदै सहमति, रेशम चौधरी लगायतको मुद्दा फिर्ता र रिहाइको लागि पहल गरिने ।
६. कोरोना संक्रमणका कारण विवेकशील साझाका पूर्व संयोजक उज्जवल थापाको निधन, इक्मो विधिबाट गरिएको उपचार समेत विफल
७. बनेपा नगर क्षेत्रमा दुई हप्तादेखि जारी सिल आजदेखि हटाइयो, कोरोना जोखिम कायमै रहेका कारण आउँदो २६ गतेसम्म निषेधाज्ञा जारी
८. भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण घटनामा गठित छानबिन समितिले बुझायो प्रतिवेदन, जनशक्ति अभावलगायत समस्या र दीर्घकालीन समाधानका लागि सुझाव समेटियो
९. कोरोना संक्रमण जोखिमको डरका कारण बढ्दो तनावले महिलामा गर्भपतन र महिनावारी ढिलो हुने समस्या बढेको चिकित्सकको भनाई, योगा, सकारात्मक सोचसहित शारिरीक अभ्यासलाई घरैमा निरन्तरता दिन सुझाव
१०. चीनले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो, १० लाख डोजमध्ये ८ लाख डोज आज ल्याइयो ।
११. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आज ३४ दिन पुग्यो, जनजीवन ठप्प, निषेधाज्ञा उल्लंघन गर्न खोज्नेलाई प्रहरीको कारवाही ।
१२. यस वर्षको एसईई पनि गत वर्ष जस्तै विद्यालयको आन्तरिक मूल्यांकनबाटै हुने, नयाँ शैक्षिक शत्र असारबाट शुरु गर्ने सरकारको निर्णय ।
१३. बेलायत कोरोनाको तेस्रो लहरको चपेटामा पर्नसक्ने बेलायती बैज्ञानिकको चेतावनी, समयमै सतर्कता अपनाउन सुझाव ।
१४. पाकिस्तानको रावलपिंडीमा गर्मी बढेसँगै खाने पानीको हाहाकार, खेडरीका कारण खानेपानीका मुहान सुके ।
१५. नेपाली राष्ट्रिय फुटबल टोलीको कुवेतमा अभ्यास जारी, जेठ २० गते विश्वकप छनौट खेल अन्तर्गत चाइनीज ताइपेइसँग भिड्दै ।
https://www.facebook.com/lokpath/videos/472796513982645
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया