अक्सिजन आपूर्ती सहज बनाउन ६ वटा संस्थाहरु बीच गठबन्धन

लोकपथ
28
Shares

काठमाडौं । कोभिड १९ भाइरसको दोस्रो चरणको प्रवेशसँगै नेपालमा अक्सिजन आपूर्तिको गम्भीर अभाव भइरहेको छ । नेपालमा अक्सिजन सिलिण्डरको संकलन र भण्डारणमा जोड दिइएता पनि उत्पादन तर्फ धेरैको ध्यान आकर्षण भएको देखिदैंन । करिब तीन साता अघि कोभिड १९ बाट संक्रमितहरुको उल्लेखनीय संख्यामा वृद्धि भए पछि अस्पतालहरूद्वारा अपर्याप्त अक्सिजका कारण संक्रमितहरुको उपचार गर्न नसकिने स्थिति रहेको जानकारी गराएका थिए ।

वैशाख २५ गतेदेखि अस्पतालहरुले थप संक्रमितहरुलाई भर्ना गर्न बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएकाले अक्सिजन अभावको तत्काल अवस्थालाई सम्बोधन गर्न विभिन्न अस्पतालहरूद्वारा आग्रह गरिएको थियो ।

यस समयावधि भित्र अक्सिजनको कमीका कारण सयौं नेपालीहरुले ज्यान समेत गुमाउनु परेको थियो । यस समस्यालाई तुरुन्त सम्बोधन गर्नका निमित्त नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ । विविध क्षेत्रमा विशेषज्ञता भएका यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेको जनाइएको छ ।

अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनि NOVAIR लाई छनोट गरिएको छ । हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको NOVAIR ले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउनेलक्ष्य लिएको छ । प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ (६.८) क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर) । नेपालका सात वटा प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्टको स्थापना गर्न हाम्रो कन्सोर्टियम प्रतिबद्ध रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?