सिनामंगलकी ९३ वर्षिया आमाले जितिन् कोरोना

लोकपथ
182
Shares

काठमाडौं । सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्कीएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् ।

२४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमवार घर फर्कीएकी हुन् ।

कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताइन्। उनले भनिन् – ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन ।’

उनले , ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?