काठमाडौं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । भियतनाममा देखिएको कोरोनाको नयाँ भेरियन्ट भारत र यूके भेरियन्टको मिश्रित स्वरूप भएको भियतनामका स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
भियतनाममा देखिएको कोरोनाको नयाँ भेरियन्ट हावाबाट छिट्टै फैलने विज्ञहरु बताउछन् ।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्।
भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरियन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।
सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।
भियतनामका स्वास्थ्यमन्त्रीले के भने ?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छस् ‘भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरियन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरियन्ट देखेको छ।’
उनले नयाँ ठिमाहा भेरियन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।
अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरियन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।
उनले भाइरसको यस भेरियन्टको वंशाणुगत सङ्केतु छिट्टै उपलब्ध गराइने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया