पार्टी एकता जोगाउन हाम्रो इमान्दार प्रयत्न रहनेछ : गोकर्ण बिष्ट

लोकपथ
189
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता गोकर्ण बिष्टले पार्टी एकतालाई जोगाउन आफुहरुको तर्फबाट इमान्दार प्रयत्न रहने बताएका छन् ।

बिहीवार एक ट्वीट गर्दै नेता बिष्टले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका हुन् ।

उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाकालागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?