सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्ने

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन् ।

सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा दिउँसो १ बजे बोलाएका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली राजनीति तरंगित बनेको छ । संसद पुर्नस्थापनाको माग गर्दै १४६ जना सांसद सर्वोच्च अदालत पुगेका छन् । पूर्वसभामुखहरु सँग सभामुख सापकोटाले समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्ने र सुझावहरु लिने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?