काठमाडौं । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक २०७७/७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ ।
तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ । मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ । जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो ।
तुलनात्मक रूपमा यसअघि आव २०७४/७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै रेकर्ड तोडिएको हो । उच्च सङ्ख्यामा मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ । मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया