नेपालमा कोरोना : थप ८३ सय ५ जनामा संक्रमण, सक्रिय संक्रमित संख्या १ लाख १५ हजार नाघ्यो

लोकपथ
70
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै कुल मृतक संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ५ सय ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । भने हाल नेपालमा १ लाख १५ हजार ८ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा ९ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा २६ सय जना, भक्तपुरमा २ सय २९ र ललितपुरमा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?