कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुदाँ ६ जना भारतीय नागरिक घाईते भएका छन । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग मर्मतको काम गर्ने कामदार चढेको से १ त ८२५३ नम्बरको ट्र्याक्टर साडेपानीमा दुर्घटना हुदाँ ६ जना घाईते भएका हुन ।
सुखड क्षेत्रमा सोलर सिल (सडकका चिरा पुर्ने) काम गरेर खाना खान बौनियाँ तर्फ जाँदै गर्दा आज आइतवार मध्यान्न साडेपानी जङ्गलमा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि सडक मर्मतको काम गर्ने भरतको नान पाराका २२ वर्षीय गिरधारी लाल, १६ वर्षीय राजु कुमार, २२ वर्षीय कमलेस कुमार, १८ वर्षीय संजय कुमार, २५ वर्षीय नीरज कुमार र २१ वर्षीय चालक मोहम्मद साह घाइते भएका छन् ।
उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
तीव्र गतिमा रहेको ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया