काठमाडौं- थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा आज नेपालले बंगलादेशसँग भिड्दैछ । अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपालले आफ्नो सुरुवाती चरणमा खेल्ने ११ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।
बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशीले खेल्नेछन् ।
आजको खेलले फाइनल खेलको समीकरण पूरा हुनेछ । बंगलादेश फाइनलमा पुगिसकेको छ भने नेपाललाई फाइलनमा पुग्न आजको खेल बराबरीमा रोके पुग्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया