संस्थामाथि नकारात्मक असर पुर्‍याउन खोजिएको भन्दै पठाओले जारी गर्‍यो यस्तो विज्ञप्ति

काठमाडौं । विगत केही दिनदेखि पठाओ सेवामा आइरहेको अवरोधलाई मध्यनजर गर्दै पठाओ नेपाल प्रा.लि ले प्रेस विज्ञप्ति जारी गरेको छ । संस्थाको सेवा तथा सुविधामा केही व्यक्तिहरुले नकारात्मक असर पु-याउन खोजेको भन्दै पठाओले विज्ञप्तिमार्फत यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।
विज्ञप्तिमा पठाओको सेवा शुल्क, पठाओ स्टेशन, राइडरहरुको उचित व्यवस्थापन लगायत विषयमा फैलिएका गलत जानकारी तथा उब्जिएका समस्याहरुलाई सम्बोधन गरिएको छ ।

केही दिनअघि ट्याक्सी चालकहरुले पठाओ चालकलाई कुटपिट गरेपछि पठाओ लगायत ‘राइड शेयरिङ’ एपको विषय फेरि विवादमा तानिएको हो ।

पठाओले जारी गरेको विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?