काठमाडौं- संसदको अर्थ समितिले बीमा विद्येयक पारित गरेको छ । बिहीवार बसेको समितिको बैठकले बीमा विधेयक पारित गरेको हो ।
समितिले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका विभिन्न व्यवस्था हटाउँदै समितिले सो विद्येयक पारित गरेको छ । डा. खतिवडाले बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीबी चापागाईंलाई हटाउने गलत मनसाय राखेर २०७५ असारमा नयाँ बीमा ऐनको मस्यौदा संसदमा दर्ता गरेका थिए । सो मस्यौदामा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई बीमा प्राधिकरण बनाउने भन्ने थियो ।
डा. खतिवडाले अध्यक्ष चापागाईलाई प्राधिकरणको अध्यक्ष बन्न नदिने गरी संशोधन प्रस्ताव गरेका थिए । समितिले खतिवडाको प्रस्ताव गरेको सो व्यवस्थालाई उल्ट्याउँदै बीमा समिति प्राधिकरण बन्दा समितिका अध्यक्ष स्वःप्राधिकरणको अध्यक्ष बन्ने गरी बीमा विद्येयक पास गरेको हो । यो विधेयक संसदको पूर्ण सदनले जस्ताको त्यस्तै पारित गरेमा समिति प्राधिकरणमा रुपान्तरण हुँदा पनि समितिका अध्यक्ष स्वतः प्राधिकरणको अध्यक्ष बन्ने व्यवस्था गरिएको छ।
अहिले समितिमा सुर्यप्रसाद सिलवाल अध्यक्ष छन् । उनलाई ओली सरकारले गत माघ १९ गते अध्यक्षमा नियुक्ति गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया