दुबई जाने हो ? आकर्षक तलबसहित एक कम्पनीले माग्यो नेपाली कामदार

काठमाडौं । दुबई शहरमा रहेको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई शहरमा रहेको यस्पार्क सर्भिस कम्पनीले एक सयजना नेपाली पुरुष कामदारको माग गरेको हो ।

करार अवधि २ वर्षे रहेको सो काममा कामदारले खान बस्नसहित ५९ हजार तलब पाउने छन् । सम्बन्धित काममा दक्ष हुनु पर्ने र कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनीले जनाएको छ।

सो काममा जान चाहने इच्छुकले काठमाडौंमा चैत्र २२ गते अल जराफा ह्यूमन रिसोर्स कन्सल्टेन्ट प्रा लिको कार्यालय सिनामंगल अन्तरवार्ता दिनु पर्ने विज्ञापनमा उल्लेख छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले र विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?