प्रेमिले लगाए प्रेमिकालाई मट्टितेल छर्किएर आगो

काठमाडौं । राजधानीको गोठाटारमा भएको आपसी झगडाका क्रममा आगलागीको घटना भएको छ । सो क्रममा दुई जना घाइते भएका छन् । घाइतेहरु प्रेमी–प्रेमिका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो । जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए भने उनीहरु प्रेमीप्रेमिका भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश कुमार बस्नेतले युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

सो क्रममा युवतीको अनुहारलगायत माथिल्लो भाग जलेर गम्भीर अवस्थामा कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?