काठमाडौं । मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने भएका छन् । विभिन्न कारणले मलेसियामा समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अनलाइनबाट गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो ।
दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ ।
दूतावासको इमेल [email protected] वा [email protected] मार्फत् पनि गुनासो टिपाउन सकिनेछ । गुनासो राखेपछि गुनासो राख्ने व्यक्तिलाई दूतावासले नै सम्पर्क गरी समस्याको समाधान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया