एक महिना पछि सर्‍यो हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान

काठमाडौं । कोरोना खोप अभियानका कारण हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान एक महिना पछि सर्ने भएको छ । फागुन २९ गतेदेखि शुरु हुने भनिएको उक्त अभियान चैत २० गतेबाट फागुन मसान्तसम्म चलाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै अभियान एक महिना पछि धकेलिएको जानकारी दिएका हुन् ।

‘औषधी सेवनमा जुट्ने स्वास्थ्यकर्मी कोरोना खोप लगाउन जुट्नुपर्ने भएकाले हात्तीपाइले अभियान एक महिनापछि धकेलिएको हो,’ विज्ञप्तीमा भनिएको छ । अहिले हात्तीपाइले औषधि अभियानभन्दा कोरोना खोप निकै महत्वपूर्ण भएको बताउँदै उनले सबै स्वास्थ्यकर्मी कोभिडमा जुटेकाले केही समय हात्तीपाइले विरुद्धको अभियान सार्नुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?