आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

अछाम । आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका ५ नवाठाना का ३८ वर्षीय जित बुढालाई हिजो बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जितले आमालाई मंगलवार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीवार दिउँसो मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?