ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा ११ लाख बराबरको धनमाल नष्ट

सर्लाही । धनकौल गाउँपालिका ५ मा आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट भएको छ ।

ग्याँस सिलिण्डर लिक भई बिलास महतोको घरमा हिजो (बुधवार) बिहान आगलागी हुँदा ४ थान टिभी, लत्ताकपडा र अन्नपात समेत जेलर करिब ११ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीमा कुनै मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?