मालिक बिरामी भएपछि भेट्ने आशमा हप्ता दिनसम्म गेट बाहिर बस्यो कुकुर !

काठमाडौं । कुकुरलाई बफादार जनावर मानिन्छ । आफ्नो मालिकको लागि कुकुर आफ्नो ज्यान पनि दिन सक्छ ।

यस्तै एउटा उदाहरण हालै देखिएको छ । इस्ताम्बुलमा मालिकको पखाईमा एक कुकुर एक हप्तासम्म गेटमा कुरेर बस्यो । कुकुरको नाम बोनकुक हो । मालिक प्रति उसको प्रेम र निष्ठालाई देखेर मानिस हैरा नबनेका छन् ।

बोनकुक आफ्ना ६८ वर्षीय मालिक सेमल सेन्तुर्कसँग भेट्नाका लागि गेट अगाडि एक हप्तासम्म बसिरह्यो ।

ति व्यक्तिकी छोरी उनलाई घर लिएर जान्थिन् तर भागेर कुकुर त्यहिँ आएर बस्थ्यो ।

त्यसपछि अस्पतालले उसको मालिकसँग भेट्न दिएको थियो ।

यसको भिडियो पनि अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?