काठमाडौं । एक बेहुला विवाह गर्न भनेर बेहुलीको घर जाँदा बेहुलीको परिवार नै फरार भएको घटना सार्वजनिक भएको छ ।उनीहरुको मोबाइल पनि बन्द रहेको बताइएको छ ।

बेहुलाको परिवारले धोका दिएको भन्दै केस पुलिस थानामा बुझाएको छ । यो घटना भारतको पञ्जावस्थित मोगा जिल्लाको हो ।

बेहुला हरजिन्दर सिंहका आफन्तले लगभग १ महिना पहिला छोराको विवाह मोगा गाउँको रेडवामा बस्ने एक युवतीसँग गर्ने तय गरेका थिए । विवाहको एकदिन पहिला बेहुलीको परिवारको तर्फबाट शगुन पनि हालिएको थियो ।

सोमवार बिहान जन्ती लिएर बेहुला बेहुलीको घर जाँदा घरमा ताल्चा लागेको पाए । साथै उनीहरुको मोबाइल पनि अफ रहेको पाइयो । पछि युवतीको पहिल्यै कोर्ट म्यारिज भएको पत्ता लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया