जहाँ अपराधीलाई पूजा गरिन्छ, आखिर किन ?

काठमाडौं । विश्व रहस्यले भरिएको छ । यस्तै एउटा अनौठो परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ । अपराधी भन्ने बित्तिकै हामीमा नराम्रो सोच आउँछ ।

नराम्रो काम गर्नेलाई नै अपराधी भनिन्छ । तर तिनै अपराधीलाई पूजा गर्ने परम्परा पनि रहेको छ ।ल्याटिन अमेरिकाको देश भेनेजुयलामा यस्तो चलन रहेको छ ।भेनेजुयलाका मानिस भगवानको जसरी नै मृत अपराधीको मूर्तिको पूजा गर्छन् ।

यी अपराधीलाई स्पेनिसमा सेन्टोस मेलण्ड्रोस नामक देवताको नाम दिइएको छ । अपराधीहरु पहिला धनीको सम्पत्ती मात्रै लुट्ने गर्दथे त्यसैले उनीहरु गरिबलाई बाँडेर खुशी साट्थे ।

यसै अनुसार त्यहाँ अपराधीलाई पुज्न थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?