जन्मिदै मरेको थियो ह्वेलको बच्चा, र पनि आमाले केहि दिनसम्म बोकेर डुलाईरहिन् !

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउट ह्वेलकबो तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । तस्वीरको साथमा एक ह्वेलको कहानी पनि सार्वजनिक भईरहेको छ ।

एकदमै इमोशनल बनाउने यो कहानी आज हामी तपाईलाई जानकारी दिँदैछौँ । ह्वेलको एक बच्चा जन्म लिँदै मरेको थियो । तर आमा ह्वेलले आफ्नो बच्चालाई केहि दिनसम्म शिरमा राखेर घुमाईरहिन् ।

यो मर्मस्पर्शि कहानी अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो । आमा ह्वेलले आफ्नो बच्चा मरेको छैन भन्ने सोचेर बच्चालाई घुमाईरहिन् ।

१७ दिनसम्म उनले आफ्नो बच्चालाई शिरमा राखेर घुमाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?