जापानले बनायो समाउनै नपर्ने उड्ने छाता !

काठमाडौं । नेपालका संकटा चितवन लगायतका विभिन्न ठाउँमा रंगीचंगी छाता आकाशमा झुन्ड्याउने प्रचलन चलेको छ ।

मानिसहरु यसतर्फ आकर्षित पनि भएको देखिन्छ । काठमाडौंको संकटा, चितवन लगायतका ठाउँमा आकाशमा रंगीचंगी झण्डा झुन्ड्याएको देखिन्छ । जसले मानिसलाई त्यसतर्फ लोभ्याएको छ ।

तर जापानमा एक आइटी कम्पनीले आफैँ उड्ने अटोमेटिक छाता बनाएको छ । यहाँ छातालाई ड्रोनको सहायताले उडाइन्छ । वर्षाको समयमा होस या घाम लाग्दा मानिसले छाता समाएर हिँड्न नपर्ने प्रविधि उनीहरुले विकास गरेका छन् ।

Flying, Hands-Free Umbrellas Just Might Be the Perfect Use For Drones

उक्त कम्पनिले बनाएको छाता आवश्यकता पर्दा प्रविधिको प्रयोग गरी मान्छेको वरिपरि आफैँ ल्याउन सकिन्छ । यसलाई समाइरहन पर्दैन । पाँच किलो तौल भएको यो छाता पाँच मिनेटसम्म उड्न सक्ने कम्पनीले बताएको छ ।

The ultimate hands-free umbrella: $275 drone can hover above you during  storms | Daily Mail Online

यसको तौल बढी भएका कारण केही समस्या भएको तर यसलाइ चाँडै प्रयोगमा ल्याउने प्रयासमा रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?