काठमाडौं । बेलयतमा नयाँ स्ट्रेनको कोरोना भेटिएपछि स्विडेनले पनि त्यहाँको यात्रामा प्रतिबन्ध लगाएको छ ।
मंगलवार बिहान स्विडेनले एक बयान जारी गर्दै बेलायतबाट आउनेका लागि देश प्रवेशमा रोक लगाएको हो ।
जारी बयानमा फ्रान्स, इजरायल र जर्मनीले बेलायतलाई लिएर उठाएको कदमलाई नै स्विडेनले समर्थन गर्ने बताइएको छ ।
योसँगै स्विडेन बेलायतबाट आउने नागरिकलाई प्रतिबन्ध लगाउने ४० औँ देश बनेको छ । यस अगाडि यूरोपेली १३ देशका साथै भारतले पनि बेलायतबाट आउने यात्रीलाई प्रतिबन्ध लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया