बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीले बिहीबारदेखि नै कोरोना बिमाको सबै दाबीको भुक्तानी सुरु गर्ने भएका छन् । यस विषयमा बिमक संघको बैठकले बुधबार निर्णय गरिसकेको छ ।
बिमा पुलले बिहीबारदेखि नै सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन थप २र३ दिन लाग्ने बताइएको छ ।
बैठकको सहमतिअनुसार बिमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बिमा (पुल) मा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । सरकारी अस्पतालमा गरिएको रिपोर्टको दाबी भुक्तानी भइरहेको कम्पनीहरूको दाबी छ ।
अर्थ मन्त्रालयको निर्देशनका आधारमा बिमा समितिले मंगलबार नै कम्पनीहरूलाई सात दिनभित्र सबै बिमितलाई भुक्तानी दिन निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि बुधबार बैठक बसेको थियो ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया