सुनसरी । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ बस्ने ३० वर्षीय हरेराम चौधरी रहेका छन् ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको ईलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई बुधवार दिउँसो पक्राउ गरेको हो ।
चौधरीलाई पक्राउ गरी त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया